कास्कीको पोखरा-८ न्यु रोड मा मुख्य कार्यलय रहेको सहकारीले दमौलीमा दोस्रो सेवा केन्द्र विस्तार गरेको हो । यस अघि पोखरा–२७ तालचोकमा शाखा विस्तार गरिसकेका छन् ।
शाखा उद्घाटन गर्दै तनहुँ उद्योग वाणिज्य संघ का पुर्व अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले सहकारी अब व्यवसायिक बन्नुपर्ने बताए। सहकारीका बारेमा आम जनतालाई जानकारी गराउने, विपन्न वर्गका जनतालाई सहकारी अभियानमा सहभागी गराउने तथा सहकारीमार्फत आयआर्जन गर्ने काममा सहकारीहरु अब्बल बनिसकेकाले अबको सम्पूर्ण ध्यान व्यावसायिकता तर्फ केन्द्रीत गर्नु पर्नेमा उनको जोड थियो।
अभियान कृषि सहकारीले आफ्नो सेवा केन्द्रको काम प्रभावकारी ढंकले गर्दै सदस्यहरुको विश्वास जित्दै अगाडि बढ्ने दमौली शाखाका अध्यक्ष रनिल रोकाले बताए ।
मुख्य कार्यलय पोखरा-८ न्यु रोड कास्कीका अध्यक्ष बिष्णु हरि न्यौपानेले पहिलो शाखको सफलता पछि दमौलीमा पनि शाखा विस्तार गरेको बताए ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?