झापुटार- काहुँ सडक खण्ड भोलि देखि बन्द हुने

दमौली : तनहुँको ऋषिङ गाउँपालिका स्थित झापुटार- काहुँ ग्रामीण सडक भोलिदेखि  सडक बन्द हुने भएको छ।

यस सडकखण्डअन्तर्गत ऋषिङ गाउँपालिका–१  झापुटार- काहुँ सडक ढलान कार्यका लागि सोमवार बेलुका देखि दश गते सम्म बन्द हुने भएको हो ।

सडक ढलान तथा स्तोरोन्तिका लागि पूर्णरूपमा भोलि ५ गते देखि १० गते सम्म सवारीसाधन आवागमन रोकेर काम अघि बढाउने निर्णय भएको गाउँपालिकाका प्रशासकीय अधिकृत चिन बहादुर रानाभाटले जानकारी दिए ।

गाउँपालिकाले बैकल्पिक सडक प्रयोग गरी निर्माण कार्यलाई सघाउन सर्वसाधारणसँग अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?