आँबुखैरेनीले सुरु गर्यो मर्स्याङ्दीमा र्‍याफ्टिङ सञ्चालनका लागि सम्भाव्यता अध्ययन

दमौली : तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित मर्स्याङ्दी नदीमा र्‍याफ्टिङ सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरिएको छ । गाउँपालिकाले पर्यटन प्रवर्द्धनका लागि आँबुखैरेनी-४ स्थित मर्स्याङ्दीमा र्‍याफ्टिङको सम्भाव्यता अध्ययन गरेको हो ।

पर्यटनमार्फत गाउँपालिकाको प्रचारप्रसार र समृद्धिका लागि मर्स्याङ्दीमा र्‍याफ्टिङ सञ्चालन गर्न लागिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।

पर्यटन प्रवर्द्धन सँगै पर्यटक लोभ्याउने तथा मनोरञ्जनको हिसाबले निकै महत्वपूर्ण व्यवसाय र्‍याफ्टिङ व्यवसाय प्रवर्धनको लागि छिट्टै नै सो स्थानमा र्‍याफ्टिङ सञ्चालन गरिने गाउँपालिका अध्यक्ष चुमानले बताए ।

र्‍याफ्टिङ सञ्चालन गर्नका लागि सहजीकरण तथा समन्वय र प्राविधिक रूपमा सहयोग स्केप्ड‌ नेपालका सिनियर गाइड सुमन थापाले गरेका छन् ।

परीक्षणका क्रममा गाउँपालिकाका अध्यक्ष चुमान, वडाध्यक्षलगायत जनप्रतिनिधिले र्‍याफ्टिङ गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?