दमौली : तनहुँको व्यास नगरपालिकाले सदरमुकाम दमौली बजारमा पर्ने व्यास-.२ र ४ का पृथ्वी राजमार्गतर्फ मोहोडा भएका घर धनिलाई १५ दिनभित्र घर भत्काउन आग्रह गरेको छ ।
केही घरहरुले राजमार्ग विस्तारमा सहयोग नपुऱ्याएको भन्ने गुनासो आएकाे भन्दै १५ दिनभित्र घर भत्काइ सहयोग गर्न अनुरोध गर्ने निर्णय गरेको व्यास नगरपालिकाका प्रवक्ता जीवन गुरूङले जानकारी दिए ।
सडक अधिकार क्षेत्र दायावाँया २५ मिटर भित्र सडक विस्तार आयोजनाको निर्णयानुसार बढीमा १५ दिनभित्र आयोजनामा सम्पर्क गरी क्षतिपूर्ति बुझ्न र घर भत्काउन अनुरोध गर्ने निर्णय भएको प्रवक्ता गुरूङले वताए ।
व्यास नगरपालिका भित्रका सामुदायिक क्याम्पस, सामुदायिक विद्यालय अन्तर्गत स्नातक, कक्षा ११, १२ अध्ययन गर्ने जेहेन्दार, विपन्न, दलित विद्यार्थीहरुलाई छात्रवृत्ति उपलब्ध गराउने गरी छनौट समितिको सिफारिसलाई अनुमोदन गर्ने समेत बैठकले निर्णय गरेकाे नगरपालिकाले जनाएको छ ।











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?