दमौली : पृथ्वी राजमार्ग अन्तर्गत शेराटारमा बस दुर्घटना हुँदा ६ जना चिनियाँ पर्यटक घाइते भएका छन्। बसमा सवार २६ जना यात्रुहरु मध्ये ६ जना चिनिया घाइते भएको जिल्ला प्रहरी कार्यलय तनहुँले जनाएको छ।
घाइते हुनेहरूमा ५० बर्यीय सुन लि, ५७ बर्यीया हुक्सिया लि, ६२ बर्यीय वाङ वि डोङ, ६७ बर्यीय कियो मेङ, ६८ बर्यीय छुचेङ र ७० बर्यीय लियो या छिङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिए।
शनिवार विहान साढे ६ बजे पोखराबाट काठमाडौं जाँदै गरेको बा १ प ११३९ नम्बरको पर्यटक बस र ना ६ ख ५८६५ नम्बरको तनहुँको म्याग्दे गाउँपालिका -६ शेराटारमा सडकको दाया साईडमा दाया साईडमा पल्टिन गई दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।
प्रहरी नायब उपरीक्षक खाँणका अनुसार घाइते हुनेमा बस चालक नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको तनहुँ प्रहरीले जनाएको छ ।
घाईतेहरुको हाल जी.पि. कोईराला श्वासप्रस्वास उपचार केन्द्र बेलचौतारा तनहुँमा उपचार भइरहेको छ।











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?