इलाम : बैशाख १५ गते उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बुले उम्मेदवारी दर्ता गराएका छन् ।
रास्वपा उपसभापति डीपी अर्याल, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी लगायतको टोली निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएको हो ।
कपा (एमाले)का तर्फबाट सुहाङ नेम्वाङ, नेपाली कांग्रेसका डम्बर खड्का, नेकपा (एकीकृत समाजवादी)का जीतबहादुर राई, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी, मंगोल नेसनल अर्गनाइजेसनका मनिबहादुर लिम्बूले उमेदवारी दर्ता गराएका छन् ।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट मिलन लिम्बू, स्वतन्त्र रूपमा डकेन्द्रसिंह लिम्बू, अर्का स्वतन्त्र डाकप्रसाद गौतमलगायत व्यक्तिले उमेदवारी दर्ता गराएका आयोगले जानकारी गराएको छ ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?