दमौलीमा हावाहुरी सहित वर्षा

दमौली : तनहुँको सदरमुकाम दमौलीमा भिषण हावाहुरी सहित बर्षा भएको छ । विहिवार साँझ एक्कासी भिषण हावा हुरी सहित बर्षा भएको हो ।

बर्षा सामान्य भए पनि हावाहुरी भने भिषण भएको छ ।

हावाहुरीको कारण जनजीवन प्रभावित भएको छ । हावाहुरीका कारण सवारीसाधन राम्ररी चल्न सकेका छैनन् ।

तनहुँ सहित सँगै आसपासका जिल्लाहरुमा पनि भिषण हावाहुरी चलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?