बलात्कार मुद्दामा सन्दीपले पाए सफाइ, विश्वकप खेल्ने ढोका खुल्यो

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान तथा स्टार स्पिनर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाएका छन् । लामिछानेले उच्च अदालत पाटनबाट सफाइ पाएका हुन् ।

न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले सन्दीपलाई सफाइ दिएको हो । मंगलबार सो मुद्दामा सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो ।

उच्च अदालतको फैसलासँगै टी-२० विश्वकपमा सहभागी हुने सन्दीपलाई बाटो खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?