सुनको मूल्य घट्यो

काठमाडौं : स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा  एक हजार दुई सय रुपैयाँले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन सोमबार प्रतितोला एक लाख ४१ हजार आठ सय रुपैयाँमा कारोबार भएकामा आजका लागि एक लाख ४० हजार ६ सय रुपैयाँ निर्धारण गरिएको छ ।

यस्तै, तेजाबी सुन सोमबार तोलामा एक लाख ४१ हजार एक सय रुपैयाँमा कारोबार भएकामा आजका लागि  एक लाख ३९ हजार नौ सय रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।

चाँदीको मूल्य पनि तोलामा  ५५  रुपैयाँले घटेको छ । सोमबार प्रतितोला एक हजार नौ सय ४० रुपैयाँमा कारोबार भएकामा आज चाँदीको मूल्य एक हजार आठ सय ८५ रुपैयाँ  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?