काठमाडौं : कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियामाथि अनुसन्धान गर्न थप तीन दिन म्याद थपिएको छ । जिल्ला अदालत धनुषाले सिरोहियामाथि अनुसन्धान गर्न फेरि तीन दिन म्याद थप गरेको हो ।
मंगलबार पक्राउ परेका सिरोहियालाई यसरी शुक्रबार पनि तीन दिन म्याद थप्दै अनुसन्धान गर्न अदालतले समय दिएको थियो । सोमबार पनि फेरि तीन दिनको म्याद थपिएको हो । यसअघि प्रहरीले थप पाँच दिन म्याद थपेर अनुसन्धान गर्नुपर्ने माग गरेको थियो ।
नागरिकता सम्बन्धी कसुरमा उनलाई मंगलबार कान्तिपुर मिडिया ग्रुपको कार्यालयबाटै पक्राउ गरिएको थियो । उनीमाथि नागरिकता कीर्ते गरेको आरोप छ । त्यसबाहेक पनि उनीमाथि अनुसन्धान थालिएको प्रहरी स्रोतले जानकारी गराएको छ ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?