जंगली च्याउ खाँदा हिले खर्कका पाँच जना बिरामी

दमौली : तनहुँको हिले खर्कमा जङ्गली च्याउ खाँदा पाँच जना बिरामी भएका छन् । आँबखैरेनी गाउँपालिका–६ हिले खर्कका बिरामी भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जानकारीले दिए।

सो ठाउँ निवासी वर्ष ५४ को डिल बहादुर गुरुङले नजिकै रहेको जङ्गलबाट ल्याएको च्याउ आफ्नो परिवार तथा छिमेकीले खाँदा बिरामी परेको उहाँले जानकारी दिए ।   प्रहरी नायव उपरीक्षक रायका अनुसार बिरामी भएकाहरू मध्ये नयाँ मेडिकल कलेज भरतपुर, चितवनमा वर्ष ५४ को डिल बहादुर गुरुङ, वर्ष ५७ को मधु गुरुङको उपचार भइरहेको छ ।

यस्तै तनहुँको आबुखैरेनी अस्पतालमा वर्ष ९२ को रणबहादुर गुरुङ, वर्ष ८५ की द्रोणपती गुरुङ र वर्ष ५८ की पम्फी गुरुङको उपचार भइरहेको छ ।

घर नजिकैको जङ्गलमा गएर ल्याएको च्याउ आइतबार खाँदा उनीहरू बिरामी भएका हुन् । डिलबहादुरले शनिवार जङ्गलबाट टिपेर च्याउन ल्याउनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?