चितवन : चितवनको मुग्लिन नारायणगढ सडकखण्डमा बसमाथि ढुंगा खस्दा अनियन्त्रित भएर पल्टिएको छ ।
आज (शुक्रबार) दिउँसो पौने २ बजे भरतपुर महानगरपालिका २९ सत्रकिलोमा रौतहटको गौरबाट पोखरा जाँदै गरेको ग २ ख ४७ नम्बरको बसमाथि ढुंगा खसेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी भेषराज रिजालले जानकारी दिए।
अचानक बसमाथि ढुंगा खसेपछि चालक आत्तिँदा बस अनियन्त्रित भएर पल्टिएको हो ।
बसमा सवार २५ जना यात्रु घाइते छन् । घाइतेको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । तस्बिरः चितवन प्रहरी












यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?