लुटेराको गठबन्धनबाट केही आशा गर्न सकिँदैन, ०८४ मा त घन्टी बज्छ बज्छः रवि लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अहिलेको गठबन्धनबाट केही आशा गर्न नसकिने बताएका छन्।

पार्टीको कर्णाली प्रदेश भेलालाई शनिबार वीरेन्द्रनगरमा सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो बताएका हुन् ।

सभापति लामिछानेले हदै भए तीन वर्ष बाँडीचुँडी खानेबाहेक अहिलेको गठबन्धनले केही नगर्ने बताए ।

‘अनुभवी लुटेराको गठबन्धनबाट केही आशा गर्न सकिँदैन, परिवर्तन केही हुने छैन। हदै भए बाँकी तीन वर्ष बाँडिचुँडी खानुहोला, २०८४ मा त घण्टी बज्छ-बज्छ,’ उनले भने। सभापति लामिछानेले कर्णालीले जित्नका लागि रास्वपाले जित्नुपर्ने पनि बताए।

‘दलको उम्मेदवारले जित्ने होइन, कर्णालीले जित्नुपर्छ। कर्णालीले जित्नका लागि रास्वपाले जित्नुपर्छ,’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?