काठमाडौं : ‘हेर्ने कथा’मार्फत परिवारसँग पुनर्मिलन भएका प्रकाश माेक्तानले नागरिकता पाएका छन् । उनलाई भाेजपुरकाे षडानन्द नगरपालिकाको टाेलीले घरमै पुगेर नागरिकता प्रदान गरेकाे हाे ।
षडानन्द नगरपालिकाका मेयर सुरेन्द्र उदासले माेक्तानलाई नागरिकता हस्तान्तरण गरे । साे अवसरमा वडाध्यक्ष प्रेम दोर्जी शेर्पा, इलाका प्रशासन कार्यालयका प्रमुख विनोद ज्ञवाली, नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत मोहन चापागाईंलगायत उपस्थित थिए ।
प्रकाशलाई नागरिकता दिलाउन प्रधानमन्त्री केपी शर्मा ओलीले नै पहल गरेका थिए । वर्षाैंपहिले करिब १० वर्षकाे उमेरमा झापाबाट कामकाे खाेजीमा काठमाडाैं आएका प्रकाश हराएका थिए ।
उनी गाेरखाकाे एक गाउँस्थित साहुकाे घरमा काम गर्दै आएका थिए । हेर्ने कथा कार्यक्रममार्फत परिवारसँग उनकाे पुनर्मिलन भएकाे हाे । अहिले उनी साहुकाे घरबाट बिदावारी भइसकेका छन् ।











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?