पोखरा : बागलुङमा घरको गाह्रो भत्किँदा एकजनाको मृत्यु भएको छ । घर भत्काई पुनः निर्माण गर्ने क्रममा गाह्रो भत्किँदा एक जनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार ढोरपाटन नगरपालिका –१ स्वामीचोकमा ५५ वर्षीय बेग बहादुर विकको घरको गाह्रो भत्किँदा बहादुरको मृत्यु भएको छ ।
यस्तै गाह्रो भत्किँदा अन्य ११ मजदुर घाइते भएको बागलुङ प्रहरीका डीएसपी विजय यादवले जानकारी दिए ।
घाइतेलाई उद्धार गरी उपचारको लागि प्राथामिक स्वास्थ्य केन्द्र बुर्तिवङ बागलुङ पठाइएको डीएसपी यादवले बताए।













यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?