भोलि मुस्लिम धर्मावलम्बीलाई सार्वजनिक बिदा

काठमाडौं : सरकारले भोलि सोमबारका लागि सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै मुस्लिम धर्मका प्रवर्तक पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा मुस्लिम धर्मावलम्बीहरूका लागि सार्वजनिक बिदा दिएको हो ।

यसअघि मधेश सरकारले पनि सोमबारका लागि सार्वजनिक बिदा दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?