दमौली : सार्वजनिक खरिद अनुगमन कार्यालयले शुक्लागण्डकी नगरपालिका-२ अवस्थित शिलादेवी एस.बी.डी निर्माण सेवा प्रालि सहित विभिन्न १० निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारी गरेको छ ।
मूख्यव्यक्ति सुरेन्द्र तामाङ रहेको शिलादेवी सहित १० कम्पनीलाई कालोसूचीमा राख्ने तयारी गरेको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ ।
विभिन्न सार्वजनिक निकायबाट कालोसूचीमा राख्न सिफारिस भएअनुसार कार्यालयले यसअघि लिखित स्पष्टीकरण पेस गर्न ३० दिनको समय दिएकोमा हालसम्म पनि लिखित स्पष्टीकरण पेस नभएको सोमबार प्रकाशित सूचनामा उल्लेख छ ।
कार्यालयले आजको दिनदेखि सात दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न पुनः समय दिएको छ । सो समयभित्र पनि लिखित स्पष्टीकरण पेस नभएमा कार्यालयले विधिवत् रूपमा कालोसूचीमा राख्ने निर्णय गर्ने जनाइएको छ ।











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?