काठमाडौं : धादिङको धुनिबेसी नगरपालिका वडा–९ स्थित झ्याप्ले खोलामा सडकमाथिबाट खसेको पहिरोमा पुरिएका ३५ जनाको शव फेला भएको छ ।
अविरल वर्षाका कारणले झ्याप्ले खोला सडकमाथि गएको पहिरोले पुरिएकाहरु ३५ जनाको शनिवार र आइतवार गरी प्रहरीले शव निकालेको हो ।
प्रहरीका अनुसार शनिवार १४ जनाको शव फेला परेकामा बाँकी शव आइतवार फेला परेको हो । हालसम्म पहिरोमा पुरिएका माइक्रो बस र बस भेटिएको छ ।
२६ शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ । अहिलेपनि उद्धार कार्य जारी छ ।












यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?