दमौली : तनहुँको ऋषिङ गाउँपालिका प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिन मनाइने हरिबोधिनी एकादशीका सार्वजनिक बिदा भएको छ ।
सोमवार गाउँपालिकाले एक सूचना जारी गर्दै (तुलसी विवाह) हरिबोधिनी एकादशी दिन नगरपालिकामा सार्वजनिक बिदा दिएको हो ।
मंगलवार परेको हरिबोधिनी एकादशीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरिएको ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठले जानकारी दिए ।
सो अवसरमा गाउँपालिका अन्तर्गतका सरकारी कार्यालय ,निजी एवं सामुदायिक शैक्षिक संघसंस्था सबै बन्द रहने नगपलिकाले जनाएको छ ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?