दमौली । नेपाल पत्रकार महासंघ तनहुँकाे अध्यक्षमा प्रेस युनियन र प्रेस चौतारीको संयुक्त गठबन्धनबाट उम्मेदवार बनेका डिपी अधिकारी निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न मत परिणाम अनुसार अधिकारीले ३३ मत ल्याएरका थिए भने उनका प्रतिस्पर्धी नारायण खड्काले ११ मत प्राप्त गरेका थिए ।
त्यसैगरी उपाध्यक्षमा गठबन्धनबाट प्रताप राना विजयी भएका छन् । उनले प्रतिस्पर्धी एसबी नेपालीलाई पराजित गरेका हुन् ।
सचिवमा गठबन्धनका कृष्ण न्यौपाने विजयी भएका छन् । तेस्तै खुल्ला सहसचिवमा ऋषिकान्त दुवाडी निर्वाचित भएका छन् । सदस्यहरुमा उपेन्द्र खनाल, विकास खनाल, विष्णु गौतम र राजेश्वर हड्खले विजय भएका छन् ।
यसअघि नै महिला उपाध्यक्षमा गठबन्धनबाट सम्झना रसाइली, सहसचिव समावेशीमा गठबन्धनकै किरण श्रेष्ठ कोषाध्यक्ष पूर्ण विके सर्वसम्मत निर्वाचित भएका थिए ।
निर्वाचन परिणाम अनुसार सबै पदमा गठवन्धनकाे प्यानलै विजय भएको छ ।
शुक्रबार भएको निर्वाचनमा तनहुँ शाखामा जम्मा ४४ मत खसेको थियो ।
कसले कति मत पाए ?










यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?