जालसाजी मुद्दाका फरार प्रतिवादी पक्राउ

दमौली : जालसाजी मुद्दामा फरार रहेका प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय तनहुँले आइतवार  पक्राउ गरेको छ।

पक्राउ पर्नेमा व्यास नगरपालिका-१० फराकचौर बस्ने बर्ष ५४ को टिका बहादुर दरै रहेका छन्।

लामो समयदेखि फरार उनलाई घर वतनमा लुकिछिपी बस्दै आएको अवस्थामाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको  छ।

तनहुँ जिल्ला अदालतले २०७२ साल बैशाख ३० मा उनलाई दुई सय पचास रुपैयाँ जरिवाना भराउने फैसला गरेको थियो। आइतवार नै उनलाई तनहुँ अदालतमा उपस्थित गराइएको तनहुँ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?