पत्रकार न्यौपानेलाई पितृशोक

दमौली :  नेपाल पत्रकार महासंघ तनहुँ शाखाका सचिव कृष्ण न्यौपानेलाई पितृशोक परेको छ । पत्रकार न्यौपानेका पिता रामचन्द्र न्यौपानेको शुक्रबार व्यास नगरपालिका -३ शान्तिनगरस्थित निवासमा निधन भएको हो ।

पत्रकार महासंघ तनहुँ शाखाका अध्यक्ष धनपती अधिकारीले न्यौपानेलाई परेको शोकप्रति विज्ञप्तिमार्फत समवेदना प्रकट गरेका छन् ।

न्यौपानेको शुक्रवार नै दमौलीस्थित सेतीमादी घाटमा दाहसंस्कार गरिएको छ ।

व्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेले शवदाहस्थलमा पुगेर न्यौपानेप्रति श्रद्धाञ्जली प्रकट गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?