पाकिस्तानमा रहेका नेपालीलाई सरकारको अनुरोध– कुनै सहयोग आवश्यक पर्नासाथ सम्पर्क गर्नु

हालै पाकिस्तानमा भएका घटनाक्रमको सन्दर्भमा त्यहाँ अध्ययनरत नेपाली विद्यार्थी तथा अन्य नेपालीहरूको सुरक्षा तथा हित सुनिश्चित गर्न नेपाल सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

शुक्रबार एक विज्ञप्ती सार्वजनिक गर्दै मन्त्रालयले पाकिस्तानमा नेपालीहरुले कुनै समस्या भोग्नुपरे तुरुन्त नेपाली राजदूतावासमा सम्पर्क गर्न आग्रह गरेको छ । त्यस्तै नेपालीहरुको सुरुक्षालाई मध्यनजर गर्दै इस्लामाबादस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सम्पूर्ण विद्यार्थी तथा नेपाली नागरिकहरूसँग निरन्तर सम्पर्कमा रही आवश्यक समन्वय गरिरहेको जनाएको छ ।

त्यस्तै मन्त्रालयले पाकिस्तानमा रहेका नेपालीहरूलाई कुनै सहयोग आवश्यक परेमा दूतावासका विभिन्न माध्यमबाट सम्पर्क गर्नसक्ने जनाएको छ । जसका लागि दूतावासको फोन नम्बर र इमेल सार्वजनिक गरिएको छ । दूतावासमा सम्पर्कका लागि :
वृन्दा सुवेदी खड्का, तृतीय सचिवः ९२३३१३२९३११९
आरसिलान मेहमुदः ९२३४०५१७४२६१
इमेलः eonislamabad@mofa.gov.np

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?