२८ वैशाख, तनहुँ — राष्ट्रपति रामचन्द्र पौडेल सोमबार आफ्नो जन्मथलो तनहुँको व्यास नगरपालिका–८ रिस्ती आउने भएका छन्। कुलपूजाका लागि उहाँ रिस्ती आउन लागेका हुन्।
राष्ट्रपति पौडेल सोमबार बिहान काठमाडौंबाट हेलिकप्टरमार्फत दमौली आइपुग्नेछन् र त्यसपछि गाडीमार्फत रिस्ती जाने कार्यक्रम रहेको छ।
राष्ट्रपतिको आगमनलाई ध्यानमा राख्दै जिल्ला सुरक्षा समितिले कुलपूजा स्थलको निरीक्षण गरिसकेको छ। राष्ट्रपति आगमनको समयमा सुरक्षा व्यवस्था कडा पारिने जनाइएको छ, र विभिन्न सुरक्षानिकायका कर्मचारी परिचालन गरिनेछ।
स्थानिय बासिन्दाले राष्ट्रपतिको स्वागतका लागि तयारी गरिरहेका छन्। कुलपूजा कार्यक्रम सोमबार नै सम्पन्न हुने बताइएको छ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?