तनहुँको ऋषिङमा घाँस काट्ने क्रममा लडेर दुई महिलाको मृत्यु

तनहुँ — तनहुँको ऋषिङ गाउँपालिका–३ सोलुङमा घाँस काट्ने क्रममा भिरबाट लडेर दुई महिलाको ज्यान गएको छ।

बिहान करिब ७ बजे घरबाट घाँस काट्न गएकी ऋषिङ–३ की ६२ वर्षीया श्रीमाया राना र ऋषिङ–२ की २६ वर्षीया खिमसरा मगरको भिरबाट लडेर ज्यान गएको हो।

परिवारका अनुसार ती दुवैजना बिहान टोर्के सामुदायिक वनतर्फ घाँस काट्न गएका उनीहरु बिहान १० बजेसम्म पनि घर नफर्किएपछि परिवार तथा स्थानीयवासीहरू  खोजतलासको क्रममा श्रीमाया राना सालको रुखमा अड्किएको अवस्थामा र खिमसरा मगर बनमाराको झ्याङमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?