तनहुँ जिल्लाको म्याग्दे गाउँपालिका–४ स्थित पृथ्वीराजमार्गको घुम्तीमा यात्रुबाहक बस दुर्घटना हुँदा २५ भन्दा बढी यात्रु घाइते भएका छन्।
पोखराबाट सुर्खेततर्फ जाँदै गरेको ना ५ ख ६८४१ नम्बरको बस दिउँसो करिब २ः३५ बजे सडकबाट करिब २० मिटर तल खस्दा दुर्घटना भएको हो।
बस दुर्घटनामा परेका घाइतेहरूलाई उपचारका लागि दमौलीस्थित प्रदेश अस्पताल, रत्नहरी अस्पताल, म्याग्दे पोलिक्लिनिक थर्पु र गण्डकी अस्पताल पोखरा पठाइएको छ।
घाइतेमध्ये केहीको अवस्था मध्यम रहेको छ भने धेरैजसोको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिएका छन्।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?