कमलबारीमा स्कूटर दुर्घटना, एक जनाको मृत्यु, एक घाइते

तनहुँ – तनहुँको व्यास नगरपालिकास्थित पृथ्वी राजमार्गको कमलबारी खण्डमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।

दुर्घटनामा चालक गोरखा नगरपालिका–१३ अबुवा देउराली निवासी २२ वर्षीय आशिष बाबु नरालको प्रदेश अस्पताल दमौलीमा उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिए।

उक्त स्कुटरमा पछाडि सवार घाइते ४७ वर्षीय कृष्ण प्रसाद नराल थप उपचारको लागि मणिपाल अस्पताल पोखरा रिफर गरिएको  प्रहरीले जनाएको छ ।

दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ग २५ प ४१३ नम्बरको स्कुटर अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटनाग्रस्त भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?