व्यास नगरपालिकाले ल्यायो १ अर्ब ७५ करोडको बजेट

दमौली। व्यास नगरपालिकाले आर्थिक वर्ष २०८२/२०८३ को बजेट ल्याएको छ ।

मङ्गलबार  नगरपालिकाको  ४३ औं नगरसभामा उपप्रमुख इन्दिरा दरैले नगरसभामा बजेट प्रस्तुत गरेकी हुन् ।

व्यास नगरपालिकाले आगामी आर्थिक बर्षका लागि एक अर्ब ७५ करोड ८४ लाख १९ हजारको बजेट ल्याएको छ । जसमा चालु खर्चतर्फ ९८ करोड २० लाख ७ हजार ४ सय  र पुँजीगततर्फ ७७ करोड ६४ लाख ११  हजार ६ सय बजेट विनियोजन गरिएको छ । प्रस्तावित बजेटमध्ये चालुतर्फ ५५ दशमलब ८५ प्रतिशत र पुँजीगततर्फ ४४ दशमलब १५ प्रतिशत रहेको उपप्रमुख दरैले जानकारी दिइन् ।

सभामा विधायन समितिका संयोजक रमेशचन्द्र हड्खलेले व्यास नगरपालिकाका केही ऐन संशोधन गर्ने विधेयक २०८२ प्रस्ताव पेश गरेका थिए । व्यास नगरपालिकाको अर्को बैठक आगामी असार २४ गते बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?