दमौली। तनहुँ जिल्लाका स्थानीय तहहरूले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि करिब रु आठ अर्ब बराबरको बजेट सार्वजनिक गरेका छन्। जिल्लाका सबै स्थानीय तहले नगरसभा र गाउँसभामार्फत आगामी वर्षको नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेका हुन्।
जिल्लाका चार नगरपालिका र छ गाउँपालिकाले संयुक्त रूपमा रु ७ अर्ब ९३ करोड ८१ लाख ४७ हजार ८५५ को अनुमानित बजेट प्रस्तुत गरेका छन्।
नगरपालिकाहरूको बजेट विवरणः
-
व्यास नगरपालिका: रु १ अर्ब ७५ करोड ८४ लाख १९ हजार
-
शुक्लागण्डकी नगरपालिका: रु १ अर्ब २४ करोड ७६ लाख ३३ हजार ९ सय ६२
-
भानु नगरपालिका: रु ८८ करोड ५९ लाख ४ हजार
-
भिमाद नगरपालिका: रु ६३ करोड ७२ लाख ६० हजार ३ सय ६३
गाउँपालिकाहरूको बजेट विवरणः
-
म्याग्दे गाउँपालिका: रु ६८ करोड ८६ लाख ३६ हजार
-
बन्दीपुर गाउँपालिका: रु ६४ करोड ९० लाख ५ हजार
-
आँबुखैरेनी गाउँपालिका: रु ६२ करोड ८ लाख २२ हजार ८३
-
ऋषिङ गाउँपालिका: रु ५२ करोड ४० लाख ९५ हजार ४ सय ४७
-
देवघाट गाउँपालिका: रु ४७ करोड ७३ लाख ७७ हजार
-
घिरिङ गाउँपालिका: रु ४५ करोड







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?