दमौली, साउन ३० — तनहुँ जिल्लाको व्यास नगरपालिका–१, अम्रेनीस्थित पृथ्वीराजमार्गमा आज दिउँसो भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने एकजना महिला गम्भीर घाइते भएकी छन्।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार, दुर्घटना आज दिउँसो डुम्रेबाट दमौलीतर्फ जाँदै गरेको ग २२ प ३९८९ नम्बरको स्कुटर अम्रेनीमा सडकको बायाँ पट्टि रोकिराखिएको बा १ क ८७१४ नम्बरको मिनी ट्रकमा ठोक्किएको थियो।
दुर्घटनामा व्यास नगरपालिका–१२, छिँकेनेका २५ वर्षीय सागर न्यौपाने गम्भीर घाइते भई रत्नहरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। सो स्कुटरमा सवार सोही ठाउँकी ६० वर्षीया कृष्णमाया पन्त गम्भीर घाइते भएकी छन्।
घाइते पन्तलाई थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी अशोक थापाले जानकारी दिएका छन्।
हाल दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेका छन् भने दुर्घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?