व्यास नगरपालिकाकाे आयाेजनामा विश्व स्तनपान सप्ताह तथा प्रथम राष्ट्रिय काेदाे दिवस मनाईयाे

तनहुँ, १६ श्रावण- व्यास नगरपालिकाकाे आयाेजनामा शुक्रबार विश्व स्तनपान सप्ताह तथा प्रथम राष्ट्रिय काेदाे दिवस-२०८२ मनाईएकाे छ ।

व्यास नगरपालिकाकाे सभाहलमा ३३ औँ विश्व स्तनपान दिवस शुभारम्भ कार्यक्रम र प्रथम राष्ट्रिय काेदाे दिवस २०८२ कार्यक्रम सयुक्त रूपमा गरिएकाे हाे । व्यास नगरपालिका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेकाे अध्यक्षतामा भएकाे कार्यक्रममा व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्याैपानेले मानिस स्वस्थ रहन काेदाेकाे महत्त्व विशेष रहेकाे बताए । खानपिनलाई व्यवस्थापन गर्न काेदाेलाई महत्त्व दिनुपर्ने र स्तनपान गर्दा आमा र बच्चा दुबैकाे स्वास्थ्यमा सहयाेग पुग्ने नगरप्रमुख न्याैपानेकाे भनाई थियाे ।

काेदाे लगायत रैथाने खेती प्रवर्द्धन गर्न व्यास नगरपालिकाकाे नीति समेत रहेकाे नगरप्रमुख न्याैपानेले दाबी गरे ।
व्यास नगरपालिकाकी उपप्रमुख इन्दिरा दरैले महिलाहरूले आफ्नाे शिशुलाई स्तनपान गराउन झ्याउ मान्न नहुने बताईन् । उनले बाझाे बारीमा काेदाे लगाएर त्यसलाई सेबन गरेकाे खण्डमा स्वास्थ्य निकै राम्रो हुने समेत दाबी गरिन् ।

वडाध्यक्षहरूकाे तर्फबाट व्यास २ का वडाध्यक्ष काशीराम श्रेष्ठले स्तनपानकाे महत्त्व निकै ठुलो भएकाे बताए ।
व्यास नगरपालिका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले काेदाे हिजाे गरिवले खाने भनिन्थ्यो अहिले धनी व्यक्तले खाने खाद्यान्नकाे रूपमा बिकास भएकाे बताए

पत्रकार महासंघ तनहुँका अध्यक्ष डिपि अधिकारीले काेदाेकाे महत्त्व विशेष रहेकाे र त्यसको संरक्षण आवश्यक रहेकाे दाबी गरे। प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँका प्रमुख अमर दवाडीले नसर्ने राेगलाई कम गर्न काेदाे महत्त्वपूर्ण हुने बताए । काेदाेमा क्याल्सियम,आईरन लगायत शरीरलाई महत्त्वपूर्ण पाैष्टिक तत्व प्राप्त हुने बताए । कार्यक्रममा महिला सामुदायिक स्वास्थ स्वयंसेबिका अमृता खनालले स्तनपान बालबालिकाकाे लागि निकै लाभदायक रहेकाे बताइन् । केशवटार सामुदायिक हाेमस्टे अध्यक्ष सरस्वती थापाले पहिला काेदाे तिरस्कृत भएपनि काेदाेकाे महत्त्व पछिल्लो समय बढेकाे बताईन् ।

व्यास नगरपालिका कृषि अधिकृत समिक्षा पाेख्रेलले काेदाेकाे महत्त्वकाे बारेमा प्रस्तुतिकरण दिएकी थिईन् । व्यास नगरपालिका वरिष्ठ अस्पताल नर्सिङ निरिक्षक कल्पना काेईराला दाहालले स्तनपानकाे विषयमा प्रस्तुतिकरण प्रस्तुत गरेकाे कार्यक्रमकाे सञ्चालन नगरपालिकाकी जनस्वास्थ्य निरिक्षक लक्ष्मी गुरूङले गरेकी थिईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?