आँबुखैरेनी गाउँपालिका १ समस्तिपुर स्थित चन्द्रोदय माध्यमिक बिधालयमा पिस हेवन पुनस्थापना केन्द्रको आयोजनामा लागु पदार्थ दुर्व्यसन रोकथाम तथा पुनस्थापना सचेतनामुलक कार्यक्रम गरिएको छ।
उक्त कार्यक्रम भनाई राख्दै आँबुखैरेनी १ का वडाध्यक्ष प्रेम बहादुर गुरुङले मतवली जातिमा जाडरक्सीलाई परम्परा देखि नै स्विकार गरिएको कारणले भुसको आगो झै समाजमा सल्कीसकेको बताए । नयाँ पुस्तालाई दुर्व्यसनकाे जालोबाट जोगाउन समाजका सबै निकायको अपरिहार्य भुमिका रहने बताए।
लागू पर्दाथ तथा दुर्व्यसन रोकथामका सन्दर्भमा लागू पदार्थ दुर्ब्यसन तथा परामर्शको क्षेत्रमा कार्यरत दुर्गा बहादुर थापाका अनुसार समुदायमा मादकदार्थ/ लागुपदार्थको समस्या गम्भिर छ। घर, छिमेक नातागोतामा दुर्ब्यसनमा कोहि फसेको छ भने उसको ज्याजतिपुर्ण ब्यवहार सहन बाध्य हुने ब्यहोरा नखुलाउने लुकाउने प्रवृत्ति छ। समाजिक मान सम्मान प्रतिष्ठामा आच आउने भयले दुर्ब्यसन लुकाउने गरिएको छ । आँबुखैरेनीमा ठुलो चोरिको गिरोह पक्राउ पर्यो। चोरिमा संलग्न ब्याक्तिहरुको पृष्ठभुमि हेर्ने हो भने लागुपदार्थ माग परिपूर्तिको लागि नै चोरी सम्मको गतिविधिमा उनिहरु सक्रिय भएको पाईएको छ। जसको मुल जड लागुपदार्थ को तलतल मेटन पैसाको लागि चोर्ने, ढाटने, छल्ने जे गर्न पनि तयार दुर्ब्यसनिको मानसिक अवस्थाको संङक्रणकै कारण विभिन्न अपराधका घटनाहरु सार्बजनिक भएका छन।
इलाका प्रहरी कार्यालय आँबुखैरेनिका प्रहरी निरीक्षक टेक प्रसाद सुवेदीले आँबुखैरेनी गाउपालिकामा लागु औषध कारोबारीको ट्रान्जिट पोइन्ट बनेको बताए । ठुलो मात्रामा लागुपऔषध ओसारपसार गर्ने गिरोह पैसाको लागि प्रयोग हुँदै आएको उनको दाबी थियने। यो बर्ष मात्रै ८० जना लागु औषध कारोबारमा सम्लग्न ब्याक्तिहरु पक्राउ परे जसमध्ये ५ जना महिला ७५ जना पुरुष पक्राउ गरि कानुनी दायरामा ल्याइएको सुवेदीले बताए।
आँबुखैरेनिका पुर्व लागुपदार्थ प्रयोगकर्ता नाम परिवर्तन सिके मगर समयमै पुनस्थापना केन्द्रमा बसेपछि आफुलाइ चिनेर बुझेर सुधारमा आएको बताए । अहि व्यवसाय संचालन गरि परिवारको उदारणीय सदस्य बनी आर्थिक रुपमा परिवारको जिम्मेवारी काधमा लिइ अगाडि बढेको बताए।
बुटवलका पुर्व दुर्ब्यसनी मीन मगरले सुधार पुनः सेवन देखासिकी साथिसमुहको आग्रह लाई स्विकार्दा नाइ भन्न नसक्दा लामो समय दलदलमा फसेर निस्केको बताए । सगै सेवन गर्ने साथी ओभरडाज कै कारण आँखा अगाडि छटपटाउदै मरे म मात्रै बाँचे उनले भने । बुटवल र दाङमा दर्जनौ रिहाव खोली संचालनमा ल्याइ हजारौ दुर्ब्यसनीलाई उपचारमा ल्याइ सुधार्न सफल भएकाे उनकाे अनुभव छ । म बाच्नुको अर्थ आजको दिन दुर्व्यसन न्यूनीकरण तथा पुनस्थापनामा युवालाई सुधारको बाटो हिडाउने कर्ममा लाग्न पाउदा गर्व लाग्ने मगरले बताए। पिस हेवन पुनस्थापना केन्द्रका अध्यक्ष रबिन्द्र श्रेष्ठले सुधार गृह संचालनमा ल्याई दुर्ब्यसनीहरुलाई सुधारको बाटोमा हिडाउन आँबुखैरेनी गाँउपालिकामा सचेतनात्मक कार्यक्रम बिस्तार भएको बताए। उक्त कार्यक्रमको सहजीकरण ईश्वर बास्तोलाले गरेका थिए।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?