तनहुँ, २३ भाद्र – तनहुँ उद्योग वाणिज्य संघसंग बिमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम साेमबार गरिएको छ ।
नेपाल विमा प्राधिकरण गण्डकी प्रदेश कार्यालयकाे आयाेजनामा कार्यक्रम गरिएको हाे ।कार्यक्रमका प्रमुख अतिथि व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्याैपानेले बिमाकाे विषयमा जानकारी दिन यस्ता कार्यक्रमले सहयाेग पुग्ने बताए ।
नेपाल विमा प्राधिकरण गण्डकी प्रदेश कार्यालय प्रमुख शम्भु प्रसाद मिश्रले बिमा क्षेत्रमा ज्ञानकाे अभावका कारण समस्या रहेकाे र अन्तरक्रिया कार्यक्रमले सचेत बनाउन सहयाेग पुग्ने बताए । गाईकाे तथा पशु बस्तुकाे विमाङ्क कायम गर्दा निकै समस्या भएकाे उनकाे भनाई थियाे । बिमा क्षेत्रकाे विषयमा कम जानकारी हुँदा आम मानिस अन्याेलमा परेकाे अवस्थामा यस्ता कार्यक्रमले सचेत हुन सहयाेग पुग्ने तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष वैकुण्ठनाथ मिश्रले बताए ।
अन्तरक्रिया कार्यक्रममा वक्ताहरूले बिमाकाे भुक्तानी लिन समस्या हुने गरेकाे बताएका थिए। कृषकहरूले दुई लाख मुल्य पर्ने गाईलाई पनि विमा कम्पनीहरूले एक लाखमात्रको बिमा गर्ने गरेकाे कृषक रमेशप्रसाद आचार्यले बताए । किसानले दुई लाख तिरेर गाई खरिद गरेपनि एक लाखकाे मात्रै बिमा हुने गरेकाे कृषककाे गुनासाे थियाे । त्यस्तै बिमा कम्पनीले बिमा गर्न आग्रह गरे जसरी बिमा भुक्तानीमा भने निकै ढिलाे गर्ने, सकभर आलटाल गर्ने गरेकाे कृषक कालिका पाैडेलले बताए ।
जीवन तथा निर्जीवन विमाकाे भुक्तानीकाे समयमा पहुँच नहुने व्यक्तिलाई निकै अप्ठ्यारो रहेकाे तनहुँ उद्योग वाणिज्य संघ दमाैली बजार एकाईका पुर्व अध्यक्ष भुपाल आलेले बताए । नेपाल बिमा प्राधिकरण सहायक निर्देशक रिचा कुसुम लम्सालले बिमा सम्बन्धी विषयमा प्रस्तुतिकरण दिएकी थिईन् । जीवन विमाकाे दाबी अनुसार पाउन समस्या भएकाे कृषक भगवती जिसीले बताईन् । कार्यक्रममा गाईपालक कृषक कृष्ण मल्ल, यातायात व्यावसायी वसन्त जिसी लगायतले जिज्ञासा राखेका थिए ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?