तनहुँ । व्यास नगरपालिकाको नगर कार्यपालिकाको नियमित बैठकले बजेट, संगठन संरचना र शिक्षा क्षेत्रसँग सम्बन्धित महत्वपूर्ण प्रस्तावहरू पारित गरेको छ।
नगर प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा मिति २०८२ भदौ २२ गते सम्पन्न बैठकमा नगर उप–प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू, कार्यपालिका सदस्य तथा शाखा प्रमुखहरूको उपस्थिति रहेको थियो।
बैठकले यसअघि नगर कार्यपालिकाबाट भएका निर्णय र नगरपालिकाले प्रवाह गर्दै आएको सेवाको समीक्षा गरेको छ। साथै आगामी भदौ २५ गते बस्ने ४४ औँ नगरसभामा पेश गरिने आर्थिक विधेयक, विनियोजन विधेयक र व्यासनगर वनसम्बन्धी विधेयकसहित आवश्यक ऐन संशोधनका प्रस्तावहरू पारित गरिएको छ।
आर्थिक वर्ष २०८२/०८३ का लागि आय–व्ययको संशोधित प्रस्ताव पनि बैठकबाट अनुमोदन भएको छ। प्रमुख प्रशासकीय अधिकृतमार्फत प्रस्तुत नगरपालिकाको संगठन संरचनामा संशोधन गर्दै आगामी नगरसभामा पेश गर्ने निर्णय गरिएको छ।
यस्तै नगर शिक्षा समितिबाट पारित भई नगर शिक्षा शाखामार्फत प्रस्तुत विद्यालय शिक्षक तथा कर्मचारी दरबन्दी मिलान प्रतिवेदन र शिक्षक अध्ययन विदासम्बन्धी प्रस्ताव पनि संशोधनसहित पारित गरिएको छ।












यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?