आउँदाे फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावअन्तर्गत समानुपातिकतर्फको मतपत्र छपाइ कार्य सम्पन्न भएको छ ।
जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीमा आज समानुपातिकतर्फको २ करोड ८ लाख ५० हजार प्रति मतपत्र छपाइ कार्य सम्पन्न भएको केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले जानकारी दिए ।
केन्द्रले आजैदेखि प्रत्यक्षतर्फको मतपत्र छपाइ कार्य शुरू गर्ने उनले जानकारी दिए । केन्द्रले यसअघि १० लाख ९८ हजार २ सय नमना मतपत्र छपाइ गरेर निर्वाचन आयोगलाइ पठाइसकेको जनाएको छ ।










यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?