तनहुँ । जिल्ला सदरमुकाम दमौलीमा आजदेखि छैटौँ आदिवासी जनजाति तनहुँ सांस्कृतिक तथा पर्यटन महोत्सव सुरु भएको छ । नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् तनहुँको आयोजनामा सुरु भएको महोत्सव माघ ५ गतेसम्म सञ्चालन हुनेछ ।
भाषा, संस्कृति संरक्षण र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको महासङ्घका अध्यक्ष सनम तामाङले जानकारी दिए । महोत्सवले तनहुँमा रहेका विभिन्न आदिवासी जनजातिको मौलिक संस्कृति संरक्षण तथा यहाँका धार्मिक र पर्यटकीय स्थलको प्रचारप्रसारमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
महोत्सवमा सांस्कृतिक झाँकी, मौलिक नृत्य, जातीय पहिरन प्रदर्शनी, स्थानीय परिकार, हस्तकला सामग्रीका स्टल, सांगीतिक कार्यक्रम तथा विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ ।
महोत्सवलाई थप आकर्षक बनाउन मगर, दरै र कुमाल समुदायका परम्परागत नमूना घर निर्माण गरिएको छ ।
















यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?