कास्की क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार बिना गुरुङ विजयी भएकी छन् । बिनाले ३७ हजार ७५० मत ल्याएर विजयी भएकी छन् ।
बिना झण्डै २५ हजार मतान्तरणले विजयी भएकी हुन् । उनको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका मनोज गुरुङले १२ हजार ७८० मत ल्याएका छन् ।
बिनाले २४ हजार ९७० मतान्तरले जित हाँसिल गर्दै संसदको यात्रा तय गरेकी छन् । यहाँ ६५ हजार ४ सय ७ मत खसेको थियो ।
तेस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार दमोदर बैरागीले ७ हजार ९०६ मत ल्याएका छन् भने नेपाली कम्युनिष्ट पार्टीका गोपाल गिरीले १ हजार ४५६ मत ल्याएका छन् । राप्रपाका अर्जुन खनालले १ हजार ४०६ मत ल्याएका छन् ।










यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?