राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिक निर्वाचन प्रणालीतर्फका चार जना सांसदको नाम टुंगो लगाएको छ ।
आइतबार पार्टी कार्यालय धुम्वाराहीमा बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीले प्राप्त गरेको मतका आधारमा निर्धारित ४ सीटका लागि समानुपातिकतर्फको नाम टुंगो लगाएको हो ।
राप्रपाले खसआर्य पुरुषतर्फ भरत गिरी, खसआर्य महिला तर्फ खुस्बु ओली, जनजाति महिला कलष्टरमा सरस्वती लामा र मुस्लिम पुरुष कलष्टरमा ताहिर अलीको नाम निर्वाचन आयोगमा सिफारिस गरेको छ ।
बैठकले मधेस प्रदेशसभामा रिक्त रहेको प्रदेशसभा सदस्यमा समानुपातिक सूचीमा प्राथमिकता क्रममा रहेको दोस्रो नामलाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरिएको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए ।
बैठकले विषम परिस्थीतिमा पार्टीका उम्मेदवारहरुलाई मतदान गर्ने र ज्ञानेन्द्र शाहीलाई बिजयी गराउने मतदाताप्रति धन्यवाद व्यक्त गर्दै शाहीलाई बधाई दिने निर्णय गरेको अध्यक्ष लिङ्देनले बताए ।










यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?