तनहुँ — शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघको आयोजनामा जारी पाँचौँ शुक्लागण्डकी महोत्सवमा आज साँझ चर्चित गायक प्रमोद खरेलको लाइभ कन्सर्ट हुने भएको छ।
संयोजक सुमन सापकोटाका अनुसार कन्सर्ट साँझ ७ बजेदेखि ९ बजेसम्म सञ्चालन हुनेछ।
महोत्सवअन्तर्गत आज दिउँसो घनश्याम रिजाल, सञ्जिव सिंह राना, सन्तोष केसी र तुलसा क्षेत्री लगायत कलाकारहरूको प्रस्तुति रहने कार्यक्रम रहेको छ।
“आर्थिक, सामाजिक तथा खेलकुद विकास, कृषि र पर्यटन प्रवर्द्धन तथा कला, सीप र संस्कृतिको संरक्षण” भन्ने मूल नाराका साथ सञ्चालन भइरहेको महोत्सव चैत १७ गतेसम्म जारी रहनेछ।













यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?