भोटेकोशी बाढीः ७५७ जना पर्यटक सम्पर्कविहीन

नेपाल पर्यटन बोर्डले भोटेकोशी बाढीपछि नेपाल भ्रमणमा रहेका करिब ७५७ जना पर्यटकहरु सम्पर्कविहीन रहेको जनाएको छ । बोर्डका अनुसार, सम्पर्कविहीन हुनेमा सबैभन्दा बढी भारतीय र अमेरिकी पर्यटक छन् । त्यस्तै, अस्ट्रेलिया, वेलायत लगायतका देशका गरी ७५७ जना पर्यटक सम्पर्कविहीन छन् ।

बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिक्मत सिंह ऐरले बिहीबार ३६ जना र शुक्रबार १ सय ७१ जना विदेशी पर्यटकको सकुशल उद्धार गरिएको जानकारी दिए । उद्धार लगतै काठमाडौका विभिन्न अस्पतालमा उपचार भइरहेको र पर्यटकका परिवारहरूसँग निरन्तर समन्वय भइरहेको उनले बताए ।

माउन्ट कैलाश तथा मानसरोवर टुर अपरेटर एसोसिएसन, पर्यटन व्यवसायी, पर्यटक प्रहरी, पर्यटन विभाग, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबीच संयुक्त समन्वय भइरहेको पनि बोर्डले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?