व्यास नगरपालिकामा तीजको अवसरमा सार्वजनिक बिदा

दमौली । नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसरमा व्यास नगरपालिकाले नगर क्षेत्रभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

व्यास नगर कार्यपालिकाको  भदौ २३ गते बसेको बैठकले तीज पर्वका अवसरमा  भदौ २९ गते सोमबार व्यास नगरपालिका तथा नगरपालिका अन्तर्गतका सम्पूर्ण कार्यालयहरूमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

नगरपालिकाका अनुसार उक्त दिन नगरपालिका अन्तर्गतका कार्यालयसँगै सामुदायिक तथा निजी शैक्षिक संस्था, स्वास्थ्य संस्था (अत्यावश्यक सेवा बाहेक) तथा नगरपालिका मातहतका संघ–संस्थाहरू समेत बन्द रहने जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?