नगर सह–सचिव अधिकारीद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण

नेपाली कांग्रेस व्यास नगर समितिका सह–सचिव डम्बर अधिकारीले वडा कार्य समितिहरुमा स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रम सुरुवात गरेका छन् ।

अधिकारीले नेपाली कांग्रेस वडा नं १ का सभापति मणिजङ बस्नेतलाई मास्क र सेनिटाइजर हस्तान्तरण गरेका छन् । उनले  नगरपालिकाको १४ वटै वडामा स्वास्थ्य सामाग्री हस्तान्तरण गर्ने बताएका छन् ।

उक्त  हस्तान्तरण कार्यक्रममा महासमिति आनन्दराज त्रिपाठी , नेपाली कांग्रेस आँबुखैरेनीका सचिव विष्णु पन्थ लगायतको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?