अब ई-पासपोर्टको आफ्नो विवरण मोबाइल एप बाटै हेर्न सकिने

काठमाडौं : राहदानी विभागले ‘नेपाल ई–पासपोर्ट’ (Nepal ePassport) नामक मोबाइल एप सार्बजनिक भए संगै सञ्चालनमा पनि ल्याएको छ ।

विभागले सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै एन्ड्रोइड र आईओएस दुवै भर्सनमा एप सार्वजनिक गरेको छ।सेवाग्राहीहरुले एप मार्फत राहदानीको लागि पेश गरेको आवेदन फारम अप्रुभ भए नभएको, राहदानी प्रिन्ट भए नभएकोलगायका जानकारी हेर्न सकिने जनाएको छ।
मोबाइलको प्लेस्टोर (playstore) बाट एप डाउनलोड गरि प्रयोग गर्न सकिने विभागले जनाएको हो
एप डाउनलोडगर्न एन्ड्रोइड प्रयोगकर्ताले यहाँ र आईओएस प्रयोगकर्ताले यहाँ क्लिक गर्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?