पत्रकार महासंघको चुनावमा विपुल पोख्रेलको प्यानल विजयी

नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेल विजयी भएका छन् ।

चैत २५ गते भएको मतदानको मतगणना शनिबार सकिएको हो ।पाँच वटा जिल्लाको अन्तिम नतिजा आउन बाँकी रहे पनि गन्न बाँकी मत भन्दा पोख्रेलले अग्रता लिएको मत धेरै भएपछि  जित निश्चित भएको हो ।

निर्वाचन समितिले औपचारिक घोषणा भने गरिसकेको छैन । निर्वाचन समितिले साँझ औपचारिक घोषणा गर्ने बताए पनि निकटतम प्रतिद्वन्द्वी निर्मला शर्मा भन्दा २१ सय बढी मत पाएको भन्दै पोखरेल समर्थकले विजयी उत्सव मनाउन थालेका छन् । महासंघका लगभग सबै पदाधिकारी नै पोख्रेलको प्यानलबाट विजयी भएका छन्  ।

वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, उपाध्यक्षमा उदय जीएम र बाला अधिकारी, महासचिवमा रोसन पुरी, सचिवमा गोविन्द चौलगाइँ, पवन आचार्य, सृजना अर्याल, नारायण किलम्बु, दिपेन्द्र चौहान र हेमकर्ण विक विजयी भएका छन् ।यस्तै कोषाध्यक्षमा कलेन्द्र सेजुवाल र लेखासमिति सदस्यमा लेखनाथ न्यौपाने वियजी भएका छन् ।

प्रेस युनियन, प्रेस संगठन र माधव नेपाल समूह निकट प्रेस चौतारीसहितले पोखरेल नेतृत्वमा गठबन्धन गरेको थियो । पोखरेल नेतृत्वको गठबन्धन प्यानल नै विजयी भएको हो । महासंघको निर्वाचन पहिलो पटक प्रत्यक्ष प्रणालीमा भएको हो । चुनावमा १३ हजार बढी मतदाता थिए । निर्वाचन समितिका अनुसार ९५ प्रतिशत मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?