पछिल्लो २४ घण्टामा तनहुँमा थप ४८ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ ।
गण्डकीको विभिन्न प्रयोगशालामा पीसीआर तथा एन्टिजेन परीक्षण गर्दा २३ जना महिला र २५ जना पुरुष गरि ४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
योसंगै तनहुँमा कोरोना सङ्क्रमितको सङ्ख्या ४ हजार ४ सय १ जना पुगेको छ। जस्मा ३ हजार ८ सय ४३ निको भैसकेका छन् भने सक्रिय संक्रमितको सङ्ख्या २ सय २५ जना रहेको छ।
यस्तै गएको २४ घण्टामा तनहुँमा थप १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भिमाद नगरपालिका ५ का ७८ वर्षीया महिला गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा मृत्यु भएको जनाएको छ ।
योसँगै तनहुँमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या एक सय पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?