पिसिआर प्रयोगशालाको लागि तनहुँ समाज हङकङ र अष्टेलियाको सहयोग

तनहुँको व्यास नगरपालिकाको सक्रियतामा स्थापनाको तयारीमा रहेको पिसिआर परिक्षण प्रयोगशालाको पुर्वाधार निर्माणका लागि तनहुँ समाज हङकङ र तनहुँ समाज अष्टेलियाको सहयोग गरेको  छ ।

व्यास–१० दुम्सी बजार स्थित आधारभुत स्वास्थ्य केन्द्रमा निर्माणाधीन  प्रयोगशालाको लागि तनहुँ समाज हङकङबाट रु २ लाख र तनहुँ समाज अष्टेलियाबाट २ लाख गरि ४ लाख नगद  सहयोग प्राप्त भएको व्यास नगरपालिकाले जनाएको छ ।

हङकंङमा रहेका समाजका पदाधिकारीको पहलमा उक्त रकम संकलन गरिएको समाजका अध्यक्ष प्रेम गुरुङले जानकारी दिए  । यस्तै अष्ट्रेलिया स्थित समाजका अध्यक्ष दिनेश खनाल, महासचिव सुर्य खनाल र किरण खनाल लगायतको पहलमा उक्त रकम संकलन गरिएको अध्यक्ष खनालले बताए  ।

तनहुँ समाज हङकङको तर्फबाट समाजका पूर्व अध्यक्ष भिमराज गुरुङले नगरप्रमुख बैकुण्ठ न्यौपानेलाई सहयोग रकम हस्तान्तरण गरेका थिए  भने तनहुँ समाज अष्टेलियाको तर्फबाट सत्यप्रसाद खनालले न्यौपानेलाई सहयोग रकम हस्तान्तरण गरेका थिए  ।

सो अबसरमा बोल्दै नगर प्रमुख वैकुण्ठ न्यौपानेले जिल्ला बासीँलाई सुरक्षीत गर्ने अभियानमा तनहुँका १० वटै स्थानीय तह सकृय रहेको उल्लेख गर्दै सोहि अनुरुप पिसिआर ल्याब स्थापना गर्ने अभियान अगाडि बढेको बताए । विदेशको भुमिमा मेहनत गरेर त्यसको प्रतिफललाई आफ्नो जन्मभुमिमा सहयोग गरेर हङकङ र अष्ट्रेलियाको तनहुँ समाजले प्रशंसनिय कार्य गरेकोमा नगर प्रमुख न्यौपानेले धन्यवाद व्यक्त गरे ।

रकम हस्तान्तरण गर्दै तनहुँ समाज हङकङका पुर्व अध्यक्ष भिमराज गुरुङले समाजले विगत १ दशक देखी तनहुँको सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको चर्चा गर्दै पिसिआर ल्याबका लागि सहयोग गर्न पाएकोमा  खुशी व्यक्त गरे  ।

जिल्लाभर संक्रमण बढी रहेको र पिसिआर परिक्षणको नतिजा ढिलो  प्राप्त भएको अवस्थामा जिल्ला भित्रै पिसिआर परिक्षण गर्न सबैका लागि सहज होस् भन्ने उदेश्यका साथ व्यास नगरपालिकाको पहलमा तनहुँमै पिसिआर प्रयोगशाला स्थापना गर्न लागिएको हो ।

यसैविच पिसिआर ल्याबको सहयोगका लागि तनहुँ समाज हङकङका पुर्व अध्यक्ष भिमराज गुरुंङले व्यक्तिगत तर्फबाट  रु १५ हजार समेत सहयोग सहयोग गरेका थिए ।

कार्यक्रममा व्यास नगरपालिकाका उप-प्रमुख मीरा जोशी, प्रमुख प्रशासकीय अधिकृत डिल्लिराम सिग्देल, प्रेस सल्लाहकार प्रदिप काफ्ले लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?