गण्डकी प्रदेशले निःशुल्क सिप विकास तालिमका लागि आबेदन आब्हान

पोखरा :  व्यवसायिक तथा  सिप विकास तालिम केन्द्र पोखराले  विभिन्न  १२ ओटा निःशुल्क सिप विकास तालिम  दिने भएको छ ।

गण्डकी प्रदेश  शिक्षा,सांस्कृतिक,बिज्ञान  प्राबिधि तथा  सामाजिक विकास मन्त्रालय अन्तर्गतको व्यवसायिक तथा  सिप विकास तालिम केन्द्र पोखराले अनलाइन आवेदन खुलाएको हो ।

व्यवसायिक तथा  सिप विकास तालिम अन्तर्गतको  आधारभूत कटाई सिलाई, मन्टेश्वारी , व्युटीपार्लर , आधारभूत कम्पुटर, प्लम्बिङ्ग, बिद्युत जडान , फेसन डीजाइन , मोबाइल मर्मत , बुटिक  डीजाइन , कुक कपाल काट्ने , मोटरसाइकल मर्मत , झोला बनाउने आदि तालिम प्रदान गर्ने जनाएको छ ।
शैक्षिक सत्र २०७९/०८० मा प्रथम पटक अनलाइन आवेदन खुलाएको हो।
थप जानकारीका लागि : http://www.vsdtc.gandaki.gov.np/

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?