
नेपाल पत्रकार महासंघ तनहुँ शाखाले स्थापना गरेको पत्रकार कल्याणकारी कोषमा रोट्रयाक्ट क्लब अफ दमौलीले ५ हजार १० सहयोग गरेको छ ।
सामाजिक क्षेत्रमा सक्रिय रहेको अन्तरराष्ट्रिय क्लबले बुधबार आफ्नो १८औं स्थापना दिवसको अवसरमा उक्त रकम महासंघ तनहुँ शाखाका अध्यक्ष उज्ज्वल पौडेललाई एक कार्यक्रमका बीच क्लबका अध्यक्ष राजकुमार श्रेष्ठले हस्तान्तरण गरेका थिए ।
क्लबले गर्ने हरेक गतिविधि समाजमा समाचार मार्फत प्रचारप्रसार गर्न सहयोग गर्ने पत्रकारहरु हितमा उक्त कोषमा सहयोग गर्न पाउदा अत्यन्तै खुशी लागेको क्लबका अध्यक्ष श्रेष्ठले बताए ।
पत्रकार महासंघ तनहुँ शाखाले खडा गरेको कल्याणकारी कोषमा सहयोग गरेकोमा पौडेलद्वारा क्लब प्रति धन्यवाद ज्ञापन गरे ।
नेपाल पत्रकार महासंघ तनहुँ शाखाको कार्य समितिको बैठकबाट निर्णय भएको कल्याणकारी कोषमा रकम उठ्ने क्रम जारी रहेको तनहुँ शाखाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?