तनहुँमा गठबन्धन भर्सेस एमाले, कसले मार्ला बाजी ?

दमौली : आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति सरकारले  मिति तय गरेसँगै तनहुँमा चुनावी सरगर्मी बढेको छ ।

निर्वाचनको मिति नजिकिँदै गर्दा दलहरु आन्तरिक तयारीमा जुट्नुको साथै अंकगणितीय लेखाजोखामा केन्द्रित देखिन्छन् । २०७४ मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्र एकता गरेका थिए ।

वाम एकताका कारण कांग्रेसको किल्ला मानिने तनहुँमा संघीय र प्रदेश सभामा अधिकांश क्षेत्रमा एमाले र माओवादी केन्द्र विजयी हुँदा काँग्रेस भने खुम्चिएको थियो । तनहुँका सबै क्षेत्रमा निर्वाचन जितेर बाम गठबन्धनले एकल बहुमत प्राप्त गरेको थियो ।

आसन्न निर्वाचनमा एमालेविरुद्ध सत्तारुढ गठबन्धन तालमेलका साथ चुनावी मैदानमा उत्रिने भएका छन् ।

अघिल्लो निर्वाचनमा पार्टी एकताका आधारमा एमालेले हासिल गरेको बहुमत सिट सत्ता गठबन्धनको कारणले खोसिने त होइन भन्ने चिन्ता एमालेमा छ । तर तनहुँमा  जति एमालेलाई चुनौती छ, त्यति कांग्रेसलाई पनि रहेको छ ।

सत्ता गठबन्धनसँग हुने तालमेललाई चुनौती दिन एमाले एक्लै वा साना दलहरुसँग तालमेल गर्ने रणनीतिमा देखिन्छ ।

२०७४ मा नेकपा माओवादी केन्द्रसँग एकता गरेर ठूलो पार्टी बनेको एमाले आगामी निर्वाचनमा एक्लै चुनावी मैदानमा होमिन खोज्दै छ ।  उता आगामी निर्वाचनमा माओवादी केन्द्र पनि संसदीय अंकगणितमा आफू निर्णायक शक्ति बन्ने गरी गठबन्धन गरेर अगाडि बढेको छ ।

सत्ता गठबन्धन नभाँडिएको खण्डमा कांग्रेसलाई सघाएर अघि बढ्ने तयारी माओवादी केन्द्रको छ । सोही अनुसार माओवादी केन्द्रले पनि आफू कुन ठाउँमा कसरी सुरक्षित बन्न सकिन्छ भन्नेमा कसरत गरिरहेको छ ।

२०७४ को चुनावी अंकगणित

तनहुँमा प्रतिनिधिसभा तर्फ तनहुँ  १ मा तत्कालिन एमालेका (हाल समाजवादी ) कृष्ण कुमार श्रेष्ठले ३४ हजार ४ सय ९२  मत ल्याएर निर्वाचित भएका थिए । उनको निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका वरिष्ट नेता रामचन्द्र पौडेलले २७ हजार ६ सय ९० मत ल्याएका थिए ।

तनहुँ क्षेत्र नम्बर २ मा नेकपा एमालेका केदार सिग्देलले ३२ हजार ९ सय २४  मत ल्याएर निर्वाचित भएका थिए । उनको निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका शंकर भण्डारीले २९ हजार ६ सय ४५ मत ल्याएका थिए ।

अहिले एमाले र माओवादीको गठबन्धन टुटेर कांग्रेसले माओवादीसँग चुनावी तालमेल गरेको पनि रामचन्द्र पौडेललाई तनहुँमा त्यती सहज भने देखिँदैन ।  तनहुँ १ बाट कांग्रेस नेता पौडेलले निर्वाचनमा प्रतिस्पर्धा गर्दै आएका गोविन्दराज जोशीले चुनाव लड्नेको घोषणा गरिसकेको छ।

अर्काेतिर स्थानीय निर्वाचनमा आक्रामक बनेको कांग्रेसको असन्तुष्ट समूहको भूमिका कस्तो रहन्छ भन्ने विषयले पनि  तनहुँ कांग्रेसको जितलाई निर्धारण गर्छ ।

यो पनि पढ्नुहोस् 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?