व्यास नगरपालिकाले तीजमा सार्वजनिक बिदा दिने

व्यास नगरपालिका

दमौली : तनहुँको व्यास नगरपालिकाले महिलाहरुको महान् पर्व हरितालिका तीजको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। नगरपालिकाले तीज पर्वको अवसरमा भदौ १४ गते मंगलवार सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

भदौ ७ गतेको कार्यपालिका बैठकको निर्णय बमोजिम नगर क्षेत्रभित्र सार्वजनिक बिदा दिने निर्णय भएको नगरपालिकाका प्रमुख प्रशासकीय  हरिराम नागिलाले जानकारी दिए ।

स्थानीय सरकार गठन भएपछि स्थानीय सरकारको अधिकार प्रयोग गरी सार्वजनिक व्यास नगरपालिकाले विभिन्न चाडपर्वहरु तथा जन्मजयन्तिमा बिदा दिदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?